प्रतिनिधिसभा बैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक आज बस्दै

सारांश

  • काठमाडाैं ।
  • आज प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
  • दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो ।

काठमाडाैं । आज प्रतिनिधिसभा बैठक आज बस्दैछ । दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?