ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा पत्रकारहरुले नै ठोके ताला

सारांश

  • काठमाडौं, २० चैत ।
  • ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा कार्यरत श्रमजीवी पत्रकारहरुले रेडियोमै तालाबन्दी गरेका छन् ।
  • लामो समयसम्म रेडियोले पारिश्रमिक नदिएपछि पत्रकारहरु आफै रेडियोमा तालाबन्दी गर्न वाध्य भएका हुन् ।

काठमाडौं, २० चैत । ओखलढुङ्गाको रमाइलो सामुदायिक रेडियोमा कार्यरत श्रमजीवी पत्रकारहरुले रेडियोमै तालाबन्दी गरेका छन् । लामो समयसम्म रेडियोले पारिश्रमिक नदिएपछि पत्रकारहरु आफै रेडियोमा तालाबन्दी गर्न वाध्य भएका हुन् ।

श्रमजीवी पत्रकारहरु पदमबहादुर कार्की, डम्बरबहादुर कार्की र शान्तिमाया कार्कीले रेडियोमा तालाबन्दी गरेका हुन् । श्रमजीवी पत्रकारहरुले श्रमको मुद्दा उठाएर गरेको यो आन्दोलनमा नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने संयोजक रामप्रसाद दाहालले बताएका छन् । “ओखलढुंगास्थित रमाइलो सामुदायिक रेडियोमा श्रमजीवी पत्रकारहरुले रमाइलो पक्कै गरेको होइनन्, श्रमको मूल्य खोजेका हुन्”, संयोजक दाहालले भनेका छन्, “प्रमुख जिल्ला अधिकारीसँग मैले समेत यो समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको धेरै दिन बित्यो । ‘हुन्छ’ भन्ने जवाफ मिलेको थियो । तर, शान्त र भद्र तरिकाले प्रशासनले श्रमजीवीका कुरा नसुन्दो रहेछ । मिडिया मालिकले सुन्ने कुरै भएन ।”

तालाबन्दी गर्ने श्रमजीवीहरुलाई प्रशासनले धम्क्याउन थालेको सुनिएको उल्लेख गर्दै संयोजक दाहालले श्रमजीवी पत्रकारहरुको श्रम मामिलामा उदार हुनुको साटोे उनीहरुलाई प्रताडित बनाउने कुकर्म प्रशासनले नगरोस् भन्दै चेतावनी दिएका छन् । अन्यथा यो आन्दोलनमा देशभरका श्रमजीवी पत्रकारहरु जोडिने र प्रशासनकै विरुद्ध खनिने चेतावनी उनको छ । संयोजक दाहालले ओखलढुंगाबाट उठेको यो आगो देशभर फैलिने खतरा औंल्याउँदै भनेका छन्, “यसलाई रोक्ने शक्ति केबल मिडिया मालिकहरुसँग छ– श्रमको सम्मानमार्फत ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
निर्वाचन विथोल्न खोज्ने तत्वमाथि नेपाली सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री भीमसेनदास प्रधान
उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो
उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
झापा जाँदै गरेको जीप एकाबिहानै दुर्घटना, ६ को मृत्यु, ४ घाइते
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
जानकीनगर वासी आन्दोलित
इबोलाका कारण थप दशको मृत्य
इबोलाका कारण थप दशको मृत्य

तपाईंले छुटाउनुभयो कि?