यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि

सारांश

  • मुम्बर्इ, ६ साउन ।
  • रणबीर कपूर अभिनित चलचित्र सन्जुले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।
  • फिल्मले ३०० करोड क्लबमा इन्ट्रि गरिसकेको छ भने अब खान सुपरस्टारहरु भन्दा अघि बढ्दै छ ।

मुम्बर्इ, ६ साउन । रणबीर कपूर अभिनित चलचित्र सन्जुले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । फिल्मले ३०० करोड क्लबमा इन्ट्रि गरिसकेको छ भने अब खान सुपरस्टारहरु भन्दा अघि बढ्दै छ ।

हाल सन्जु बलिउडको टप ४ फिल्ममा सामेल छ । सन्जुको अगाडि अब सलमानको टाइगर जिन्दा हे र आमिर खानको दंगल र पिके रहेका छन् ।

सन्जुका अन्य रेकर्डहरु
–यो पद्मावति पछि ३०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म हो जसमा कुनै खान छैनन् ।

–सन्जु २०१८ मा सबैभन्दा बढि कमाउने फिल्म बनेको छ । फिल्मले ३२५ करोडको आकडा पार गरिसकेको छ ।

–सन्जु रणबीर कपूरको पहिलो ३०० करोड कमाएको फिल्म हो ।

–सन्जु एक हप्तामा सबैभन्दा बढि कमाउने तेस्रो फिल्म बनेको छ । यस अघि सलमान खानका दुई फिल्म, सुलतान र टाइगर जिन्दा हे ले पहिलो हप्तामा २०० करोडको आँकडा पार गरका थिए ।

–सन्जु २०१८ मा पहिलो हप्तामा सबैभन्दा बढि कमाउने फिल्म बनेको छ । यसले सलमान खानको रेस ३ को रेकर्ड तोडेको थियो ।

–आमिर खानको दंगललाई पछि पार्दै सन्जु बलिउडको सबैभन्दा ठूलो बायोपिक ओपनर बनेको छ ।

–सन्जु विना कुनै चाडपर्व अथवा छुट्टिमा रिलिज भएको सबैभन्दा ठूलो फिल्म बनेको छ ।

–साढे ४६ करोड सँगै सन्जु एक दिनमा सबैभन्दा बढि कमाउने फिल्म बनेको छ । यसले सलमानको फिल्म टाइगर जिन्दा हे को रेकर्ड तोडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?