दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुईजना पक्राउ

सारांश

  • बैतडी ।
  • बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पकाउ गरिएको हो । जोशीको शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
एमाले–माओवादी एकता: वैशाख ९ को सम्भावना टर्‍यो, दुई अध्यक्षलाई जिम्मा
माधव नेपालको गुनासो-ओलीलाई १० पटक फोन गर्दा पनि आउनुभएन
माधव नेपालको गुनासो-ओलीलाई १० पटक फोन गर्दा पनि आउनुभएन
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
एउटै पेनाल्टी दुईपटक प्रहार गर्न पाएको फ्रान्स विश्वकपको अन्तिम १६ मा
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला