‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०८०
|
|
२० पटक हेरिएको
Shares
‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ ।
  • एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशनमा आन्तरिक लोकतन्त्रको खोजी भएको छ । एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनपछि पार्टीभित्र प्रतिस्पर्धा गर्ने सम्भावना निकै न्यून बनेको थियो । १०औं महाधिवेशनपछि बनेका जिल्ला कमिटी प्रदेश संरचनाको नेतृत्वमा मनोनयनको विधि अपनाएर आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा अनेरास्ववियुबाहेक प्रायः सबै जनवर्गीय संगठनको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मतको बाटो अपनाएर प्रतिस्पर्धालाई निरुत्साहित गरिएको थियो ।

प्रदेश अधिवेशनमा पनि पार्टी अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धालाई भन्दा सर्वसम्मतको विधि अपनाउन निर्देशन दिएका थिए । तर लुम्बिनी प्रदेशमा त्यो विधि उल्लंघन भई आन्तरिक प्रतिस्पर्धा सुरु भयो । भदौ १५ देखि १८ सम्म भएको प्रदेश अधिवेशनमा प्रस्टसँग दुई जनाबीच प्रतिस्पर्धा भयो ।

पाल्पाका पूर्वसांसद एवं सोही प्रदेशका निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । पार्टीको मूल नेतृत्व ओली र महासचिव शंकर पोखरेलको साथ रिजाललाई भए पनि कँडेलले जित हात पारेका थिए ।

लुम्बिनीले त्यस किसिमको प्रतिस्पर्धालाई औपचारिक रूप दिएपछि वाग्मती प्रदेश, कोसी प्रदेश र कर्णाली प्रदेशमा पनि आन्तरिक प्रतिस्पर्धा भयो । वाग्मतीमा पार्टीको मूल नेतृत्वले चाहेको उम्मेदवारले जित्ने वातावरण तयार नहुँदासम्म निर्वाचन प्रक्रिया नै अघि बढाइएन ।

‘सकेसम्म पार्टीको मूल नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत बनाउन नसके निर्वाचन हुँदा पनि उनको पक्षमा माहोल नबन्दासम्म निर्वाचनको प्रक्रिया नै अघि नबढाउने अघोषित नीति लिन थालियो,’ एमालेका एक पदाधिकारीले भने । उनका अनुसार वाग्मतीमा पनि यही अवस्था आयो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
एमालेले  प्रदेश २  चुनावी अभियानमा  ६३ देखि ७४ जित्ने….
एमालेले प्रदेश २ चुनावी अभियानमा ६३ देखि ७४ जित्ने….
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी

तपाईंले छुटाउनुभयो कि?