देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली

सारांश

  • भक्तपुर, २१ मंसिर , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ ।
  • पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत आउने र बाम गठबन्धनको दुई तिहाई आउने जिकिर गर्नुभयो ।
  • झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँले मतदाता नामावली भने भक्तपुरमा छ ।

भक्तपुर, २१ मंसिर , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत आउने र बाम गठबन्धनको दुई तिहाई आउने जिकिर गर्नुभयो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँले मतदाता नामावली भने भक्तपुरमा छ ।

नेता ओलीले भन्नुभयो, “ देश अब विकास र समृद्धिमा अगाडि बढ्छ, निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आज निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यो ठूलो उपलब्धि हो ।” उहाँले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौँ प्रयास गरेको र त्यो प्रयास असफल भएको टिप्पणी गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले चुनाव सार्न अनेकाँै प्रयास गर्नुभयो, आफ्ना सहयात्रीलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो तर हामीले चुनावबाहेक अरु कुरामा ध्यान दिएनौँ, अन्ततः चुनाव सम्पन्न भयो ।”

चुनावको बेला सयौँ ठाउँमा बम पड्काएर व्यक्तिको हत्या गर्नेदेखि उम्मेदवार घाइते बनाउनेसम्मका काम हुँदा पनि सरकारले बम कसले पड्काएको हो भन्न नसकेको भनी आलोचना गर्नुभयो । उहाँले देशले छिट्टै नयाँ सरकार पाउने बताउँदै वाम गठबन्धनको एकतालाई पनि पूर्ण रुप दिइने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
मुखै फोरेर भन्छन्, ‘बासी खाना खाएर हिड्ने ?’ धेरैजसोले मुख बिगार्छन्
सत्ता गठबन्धनलाई सिट बाँडफाँड  गर्न सकस
सत्ता गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह
अनुकुल समयमा उम्मेदवार मनोनयन दर्ता आयोगको आग्रह
जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…
जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…
शून्य समयमा ध्यानाकर्षण
शून्य समयमा ध्यानाकर्षण
आज ८० जना संक्रमित थप
आज ८० जना संक्रमित थप
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…
श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग…
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

तपाईंले छुटाउनुभयो कि?