ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
३८ पटक हेरिएको
Shares
ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

काठमाडौँ । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

उनका अनुसार पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्कपर्मिटलगायतका नक्कली कागजात देखाएर विश्वासमा पारी ठगी गर्ने योजना बनाइएको थियो ।

जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटेल यात्री र डड्डी सुइट्स स्पाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, वर्कपर्मिट, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाइ थियो ।

उनीहरुले नेपाली ८० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने  पक्राउ, अरूकाे खाेजी जारी
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
ट्रिपर दुर्घटनामा पाँच जनाको मृत्यु…
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
कलङ्की–धोबीखोला सडकमा संरचना हटाइँदै
काठमाडौँ उपत्यकामा कोरोना सम्बन्धी लगाइएका सबै प्रतिबन्ध हट्यो
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सुषमा स्वराज नेपालबाट फर्केपछि के भन्यो भारतले ? अचानक भारतको फेरियो बोली
सुषमा स्वराज नेपालबाट फर्केपछि के भन्यो भारतले ? अचानक भारतको फेरियो बोली
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’

तपाईंले छुटाउनुभयो कि?