प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
  • गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो ।

महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो । पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए ।

उनले भने, “यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।” त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् ।

माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गरेका छन् । हाल काठमाडौं महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् । विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ ।

कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ । महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो । महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ । कारोबार दैनिकबाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ
भेरी अस्पतालको खाना गुणस्तरहीन
भेरी अस्पतालको खाना गुणस्तरहीन
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश !
चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द
चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते