१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
४२ पटक हेरिएको
Shares
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

सारांश

  • काठमाडौं।
  • चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ।
  • नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।

काठमाडौं। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ। भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो। केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो।

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज चाइपेईसित प्रतिस्पर्धा गर्दै छ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बंगदेशलाई ३७-२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसित १९-४३ अंकले पराजित भएको थियो। नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए। टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो (भिडियो सहित )
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
मतगणना गर्न एमालेको माग :भरतपुर
मतगणना गर्न एमालेको माग :भरतपुर
छोरासँगै आमा कक्षा आठमा
छोरासँगै आमा कक्षा आठमा
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी
नयाँ युगको आरम्भप्रति कांग्रेस कटाक्ष : अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी