कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता डा.
  • शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सवै दलहरु एकजुट भएपनि कसैले प्ररास्त गर्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफु अहिलेको स्थानमा आएको भन्दै आफुले पनि सम्मान गर्ने बताए । आफुलाई भाषण गर्न नआउने र आफुले आफूले बोल्ने कुरा हृदयबाट आउने उनले बताए । कोइरालाले जनतालाई छुनेगरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । कांग्रेसभित्र सुधार गरेर एकतावद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उनले बताए ।

पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यता रहको र अर्कोलाई खोटमात्र देखेर नभई आफुलाई नै सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?