कागती बेचेर पाँच वर्षमा करोडपति

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
५० पटक हेरिएको
Shares
कागती बेचेर पाँच वर्षमा करोडपति

सारांश

  • सुरुङ्गा (झापा), १९ भदौ ।
  • झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ ।
  • नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो ।

सुरुङ्गा (झापा), १९ भदौ । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ ।

नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थाल्नुभएको छ ।

बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएका उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत हुनुहुन्छ । उहाँले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पु¥याएको योगदानस्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

रु डेढ लाखको लगानीमा कृषि कर्म शुरु गर्नुभएका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पु¥याएको बताउनुभएको छ । उहाँले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाउनुभएको छ ।

डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गर्नुभएका उप्रेतीले अहिले वार्षिक डेढदेखि दुई लाख कागतीका दाना बिक्री गर्नुहुन्छ । उहाँको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उहाँले सुनाउनुभयो ।

कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गर्नुभएको छ । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उहाँले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाउनुभएको छ । उहाँका बगैँचामा ३०० कागतीका बोट छन् । उहाँले कागती कलमी गरेर गमलामा समेत फलाउनुभएको छ ।

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा रु ५० देखि ८५ सम्ममा बिक्री गर्ने गरेको उहाँका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो– “छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई रु ५० देखि ८५ सम्ममा बिरुवा बिक्री गर्दै आएको छ ।”

होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुग्नुभएको थियो । उहाँले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहनुभएको छ । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उहाँले भन्नुभयो– “नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।”

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उहाँको अर्काे आयस्रोतको बाटो हो । उहाँ उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्नुहुन्छ ।

त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उहाँको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उहाँले छुट्टै मल घर बनाउनुभएको छ ।

उहाँले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिनुभएको छ । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु– उप्रेतीले भन्नुभयो– “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो”– उहाँले पाकेका कागतीको दाना देखाउँदै भन्नुभयो–“सुनभन्दा कम छैन, यो कागतीको दाना ।”

हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के माइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु– उप्रेतीले भन्नुभयो– “कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।”

उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
भदौ मसान्तसम्म लामो दूरीका सवारी सञ्चालन नहुने
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
उपराष्ट्रपतिले सम्झिए, दाङबाट एक क्वीन्टलको भारी बोकेका ती दिन
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
मन्त्री यादवको जेल पठाउने चेतावनीपछि उधारो तिर्न तयार भए उद्योगी
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
Young child Killed After Coast Officer Opens Fireplace On Sail boat Carrying Venezuelan Migrants
राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व
राजधानीमा सभ्य बन्दै फागु पूर्णिमा पर्व
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित