इलामकी मुनाको दुबईबाट उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १, २०७४
|
|
२२ पटक हेरिएको
Shares
इलामकी मुनाको दुबईबाट उद्धार

सारांश

  • युएई ।
  • इलामकी मुना डाँगी आइतबार साँझ दुबई अन्तराष्ट्रिय विमानस्थलमा थिइन् ।
  • अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी फ्लाई दुवाईको विमानमार्फत कुवेत उड्न लागेकी थिइन् ।

युएई । इलामकी मुना डाँगी आइतबार साँझ दुबई अन्तराष्ट्रिय विमानस्थलमा थिइन् । अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी फ्लाई दुवाईको विमानमार्फत कुवेत उड्न लागेकी थिइन् ।

एयर अरेबियाको उडानबाट कुवेत उड्न लागेकी उनले एयरलाइन्सको काउन्टरमा गएर ब्यागेज चेक इन गरिन् । इमिग्रेसन चेकजाँचपछि उनी बोर्ड गर्ने ठाउँमा बसिन् । उनी जहाज पर्खिरहेकी थिइन् । त्यहाँ भेटिइन् अर्की नेपाली चेली दीपिका भण्डारी ।

‘म काम परेर कुबेत जाँदै थिएँ । बोड हुने ठाउँमा उहाँलाई देखेँ । कुराकानीका क्रममा सोधखोज गर्दा आफूलाई दलालले जबर्जस्ती कुबेत पठाउन लागेको बताइन्, दीपिकाले भनिन्, ‘उहाँको सबै कुरा बताएपछि मैले विमानस्थल प्रहरीलाई खबर गरेँ ।’

‘तपाइँ कुवेत के काममा जान लाग्नुभएको ?’ दीपिकाको प्रश्नले मुनाको वेदनाको पोको खुल्यो । ‘एक सातासम्म अजमानमा थुनेर राख्यो । त्यसपछि दलालले जबर्जस्ती कुवेत पठाउन लागेको हो’, उनले सुनाइन् ।

आफू ११ हजार दिराम (करिब ३ लाख ८ हजार रुपैयाँ) मा बेचिएको र खतरामा रहेको सुनाइन् । मुनाले कुवेत जान नचाहेको पनि सुनाइन् । दीपिका ६ अगष्टमा युएई आइपुगेकी थिइन् । उनीसँगै अन्य ४ जना महिला पनि दीपिकासँगै दुबई पुगेका थिए ।

कहाँ जाने र के गर्ने थाहा नहुँदा उनीहरु दुई दिनसम्म विमानस्थलमै अलपत्र परेका थिए । खाना समेत नपाएर दुई दिनसम्म भोकै परेका उनीहरुलाई दलालले दुई दिनपछि रिसिभ गरेको थियो । सुन्दर भविष्यको कल्पनामा नेपाल छोडेकी उनी अजमानको एउटा कोठामा बन्दक भएपछि भने भविष्य सम्झेर त्रसित हुन थालेकी थिइन् ।

उनीसँगै गएका अन्य ४ जनाको स्थिति के छ उनले आफूलाई थाहा छैन । अजमानमा बन्दक हुदा स्थानीय प्रहरी आई खोज तलास गर्दा मुनालाई कौसीमा लुकाएर राखिएको थियो ।

मुनालाई नेपालबाट दुबई पु¥याउने दलाल सम्झना राई हुन् । दुवई अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले बोर्ड हुनबाट रोकेकी उनलाई उद्धार गर्न गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष यज्ञबहादुर कार्कीले भूमिका निर्वाह गरेका थिए ।

नेपाली दूतावास एवं परराष्ट्र मन्त्रालयमा उनले नै जानकारी गराएका थिए । नेपालमा रहेका मुनाका पतिलाई समेत खबर भएपछि उनी मंगलबार साँझ एयर अरेबियाको उडानबाट सारजहाँबाट काठमाडौं फर्किएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?
के गर्दैछ चीनमा सभामुख महराको भ्रमण टोली ?
सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष
सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष
ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ
ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
आबेको हत्याको छायाँबीच जापानमा निर्वाचन
आबेको हत्याको छायाँबीच जापानमा निर्वाचन
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
एमाले–माअाेवादी एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री
काठमाडौँमा शुक्रवार १८२ जना कोरोना संक्रमित थपिए
काठमाडौँमा शुक्रवार १८२ जना कोरोना संक्रमित थपिए
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल
निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको छ:नेपाल

तपाईंले छुटाउनुभयो कि?