नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

सारांश

  • काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
  • आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैंकिङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ ।

आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको रू चार करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?