बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !

सारांश

  • काठमाडौँ, १८ भदौ ।
  • बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन ।
  • नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।

काठमाडौँ, १८ भदौ । बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचांै संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए ।

उनले भने, “अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ ।” त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचांै संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ । पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ ।

शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी  ?
एमालेका शेरधन राई १३ हजार मतअन्तरले विजयी ?
कस्तुरीको विणा मोटरसाइकलमा राखेर प्रहरीले नै फसाएको आरोप
कस्तुरीको विणा मोटरसाइकलमा राखेर प्रहरीले नै फसाएको आरोप
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने

तपाईंले छुटाउनुभयो कि?