भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
१३७ पटक हेरिएको
Shares
भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…

सारांश

  • सुरुङ्गा (झापा), २ पुस ।
  • भारतीय नम्बर प्लेटको मालबाहक ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।
  • पिए १३ एवी ८५९१ नंको ट्रकले मेचीनगर नगरपालिका–१० काँकडभिट्टामा पैदल हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

सुरुङ्गा (झापा), २ पुस । भारतीय नम्बर प्लेटको मालबाहक ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।
पिए १३ एवी ८५९१ नंको ट्रकले मेचीनगर नगरपालिका–१० काँकडभिट्टामा पैदल हिँडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

नाम थर खुल्न नसकेको उहाँको उपचारका क्रममा अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?