नेपाल र युएईबीच खेल सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
३५ पटक हेरिएको
Shares
नेपाल र युएईबीच खेल सुरु

सारांश

  • काठमाडौं ।
  • नेपालले त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ ।
  • सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल यूएईसँग मूलपानी रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

काठमाडौं । नेपालले त्रिकोणात्मक टी- २० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल यूएईसँग मूलपानी रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

युएईको मोहम्मद वासिमले कप्तानी गरेका छन् । टीट्वेन्टी विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टीट्वेन्टी शृंखला आयोजना गरेको हो । त्रिकोणात्मक टीट्वेन्टी शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपाल दुई खेलमा र युएई तीन खेलमा विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?