अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०८०
|
|
२० पटक हेरिएको
Shares
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपांगता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।
  • बत्तीसौं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपांगता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताएका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपांगता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।

बत्तीसौं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपांगता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ। राष्ट्रपति पौडेलले दिवसका सन्दर्भमा अपांगता भएका व्यक्तिको मानवअधिकारको प्रवर्द्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेका छन्।

“यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपांगता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसंघको प्रतिबद्धतालाई बलियो बनाएको छ”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्।

उनले यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपांगताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

यो वर्षको अपांगता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?