मकैमा दाना नलागेपछि किसान मारमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मकैमा दाना नलागेपछि किसान मारमा

सारांश

  • कलैया, ७ चैत , हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।
  • बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन्् ।
  • कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ ।

कलैया, ७ चैत , हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् ।

बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन्् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ ।

मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । यस वर्ष किसानले कूल हिउँदे मकै चार हजार ६३५ हेक्टरमा हाईब्रिड जातका पाइनियर ३५२२, ३७८५ र बिस्को ९४० जातका मकै लगाउनुभएको छ ।

बाराको सिमरा, डुमरवाना, फत्तेपुर, इनर्वाशिरा, निजगढ, रतनपुरी, कोल्हवी, सपही, नरही, सिम्रौनगढ, वरियापुर र सुखि पथरामा करिब तीन हजार ५२० हेक्टरमा लगाइएको मकैको घोगामा दाना नलागेका साहले बताउनुभयो । गतवर्ष कृषकले चार हजार ६५३ हेक्टरमा खेती गरी प्रति हेक्टर ७ दशमल ८० मेट्रिक टनका दरले ३६ हजार १५३ मेट्रिक टन हिउँदे मकै उत्पादन गरेका थिए ।

(Check here)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?