आजको मौसम कस्तो रहनेछ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
आजको मौसम कस्तो रहनेछ ?

सारांश

  • काठमाडौँ ।
  • हाल मुलुकमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

काठमाडौँ । हाल मुलुकमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

आज राति कोशी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन :  मन्त्री थापा
सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : मन्त्री थापा
स्वकीय सचिव पक्राउ गर्न लगाएपछि सचिव सरुवा !
स्वकीय सचिव पक्राउ गर्न लगाएपछि सचिव सरुवा !
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
विप्लवलाई हतारमा प्रतिबन्ध लगाइयो ः डा. भट्टराई
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत
हुलाकी सडक बनाइदिने भनेको उल्टो नेपालले भारतलाई रकम भर्दै
कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए
कोरोना अपडेटः बिहिवार १२२८ जना थपिए
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !