अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
अमेरिकी भिटोपछि गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास

सारांश

  • काठमाडौं।
  • प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।
  • “अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लंघन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,” अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

काठमाडौं। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।

“अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लंघन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी सरकार जिम्मेवार रहेको छ,” अब्बासको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेको छ।

अमेरिकी राजदूत रोबर्ट वुडले उक्त प्रस्ताव ‘वास्तविकताभन्दा टाढा रहेकोे’ र यसलाई अगाडि बढाउन नहुने बताएका थिए।

इजरायलले भिटोको प्रशंसा गरेको छ, तर ‘मानवीय युद्धविराम’ को प्रस्तावक संयुक्त अरब इमिरेट्सले नतिजाले आफुलाई ‘गम्भीर रूपमा निराश’ बनाएकोे बताएको छ।

अब्बासले शनिबार भने, “अमेरिकी नीतिले गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनीविरुद्ध इजरायली कब्जा सेनाले गरेको नरसंहार, जातीय सफाया र युद्ध अपराध हो।”

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौंदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपतकालीन बैठक बोलाएका थिए।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार २०० व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?