थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ परेर थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा भएका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ परेर थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।

उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?