यी हुन काठमाडाैँका खारेज भएका ३६ जिल्ला कार्यालयहरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
यी हुन काठमाडाैँका खारेज भएका ३६ जिल्ला कार्यालयहरू

सारांश

  • काठमाडौं,११ साउन ।
  • काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजीमा परेका छन् ।
  • काठमाडौ‌ं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी दिए ।

काठमाडौं,११ साउन । काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजीमा परेका छन् । काठमाडौ‌ं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी दिए ।उनका अनुसार जिल्ला प्रशासन, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी वकिलको कार्यालय, नापी तथा मालपोत, जिल्ला निर्वाचनबाहेकका कार्यालय खारेज भएका छन् ।

मुलुक संघीयतामा गइसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गतेदेखि संविधान अनुसार ती कार्यालयबाट भइरहेको काम स्थानीय तहले गर्ने भएकोले खारेज गरिएको हो ।शिक्षा, जनस्वास्थ्य, कृषि, वन, भूमिलगायतका ३६ वटा कार्यालय खारेजमा परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले अहिले खारेजमा परेका कार्यालयको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन असोज मसान्तसम्म गरिने जानकारी गराए ।

खारेज भएका कार्यालयका भौतिक संरचना र कर्मचारी स्थानीय तहमा जाने पनि उनले बताए । काठमाडौंमा ११ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक अर्व दुर्इ कराेड ५ लाख कर्णाली प्रदेशकाे वजेट (पुर्ण पाठ सहित)
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
यस कारण हारिन् आरजु
यस कारण हारिन् आरजु
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’
‘खड्का अख्तियारको विशेष अनुसन्धानमा’
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू