विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
५१ पटक हेरिएको
Shares
विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।
  • बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो ।

काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।

बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालयमा भनिन्छ ।

एउटा सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ । ती डिजिटाइज भर्सनका पुस्तकलाई कम्प्युटरमा राखिएका विद्युतीय पुस्तकालयमा गएर पढ्न सकिन्छ ।

कम्प्युटरमा आफैँ कुन किताब पढ्न खोजेको हो त्यो कितावको नाम टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुन्छ ।
एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले यसको प्रयोग बढेको छ ।

शिक्षा मन्त्रालयका पुस्तकालय शाखा प्रमुख यादव निरौला सूचना र प्रविधिको प्रयोगसँगै विद्युतीय पुस्तकालयको प्रयोग बढेको बताउनुहुन्छ ।
उहाँले जुनसुकै बेला पनि मोबाइल, ल्यापटप र कम्प्युटरमा पढ्न सकिने भएकोले यसको प्रयोग बढेको बताउनुहुन्छ ।

मन्त्रालयले अहिले सामुदायिक विद्यालयमा पनि विद्युतीय पुस्तकालयको स्थापना गर्न जोड गरिरहेको छ । विद्युतीय पुस्तकालयका माध्यमबाट शिक्षक नभए पनि शिक्षण विधिका माध्यमबाट विद्यार्थीले सजिलै बुझ्न सक्दछन् ।

उहाँले विद्युतीय पुस्तकालयको प्रयोग बढाउन हरेक विद्यालयमा पुस्तकालय स्थापना गर्न मन्त्रालयले प्रोत्साहन गरिरहेको बताउनुभयो ।

मन्त्रालयको सहयोगमा म्यादीका सबै सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएका छन् । शिक्षा विभागले विद्युतीय पुस्तकालयको सञ्चालनका लागि कार्यविधि समेत बनाइसकेको छ ।

नेपालमा पहिलोपटक साझा शिक्षा ‘ई’ पाटी र नेपाल पुस्तकालय फाउण्डेसनले विद्युतीय पुस्तकालयको अवधारणा ल्याएका हुन् । ई पाटीका टीकाराज कार्कीले विद्यालयस्तरमा विद्युतीय पुस्तकालयको लोकप्रियता बढेको बताउनुहुन्छ ।

उहाँले विद्यालय तह र अन्य पुस्तक हराउने भएकाले डिजिटलाइज गरेर विद्युतीय पुस्तकालय राख्नाले सधैँभरि पढ्न सकिने बताउनुहुन्छ ।

विसं २०६६ बाट विद्युतीय पुस्तकालयको शुरुवात गरेको ई–पाटीले अहिले करिब आठ हजार पुस्तक लोकसेवा, कृषि र अन्य व्यक्तिका पुस्तक,१२ हजार शिक्षा, स्वास्थ्यसम्बन्धी र ४ हजार पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा राखेको छ ।

कार्कीका अनुसार ई–पाटीले अहिले देशभरिका करिब ३५० विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको छ, तीमध्ये १५० विद्यालयमा सञ्चालित छन् । ‘‘एउटा पुस्तक मात्र भएको पुस्तकालयमा धेरैले त्यो पुस्तक पढ्न सम्भव हुँदैन’’ फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठ भन्नुहुन्छ –‘‘तर विद्युतीय पुस्तकालयमा रहेको पुस्तक जतिजनाले पनि पढ्न सक्दछन् ।

पेनड्राइभ वा कुनै डिभाइसमा राखेर घर लगी कम्प्युटरमा राखेर पनि पढ्न सक्दछन् ।’’ अहिले इन्टरनेटबिना नै विद्युतीय पुस्तकालय सञ्चालन हुने भएकाले ग्रामीण क्षेत्रमा पनि यसले सहजै पहँुच बढिरहेको पाइन्छ ।

ई–पाटी र फाउण्डेसनले कक्षा २ देखि ८ सम्म अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका पुस्तक डिजिटाइज गरेर पुस्तकालयमा राख्ने गरेका छन् । यसका साथै शिक्षण सिकाइ, पाठ्यपुस्तक, सन्र्दभ पुस्तक, शिक्षक निर्देशिका, स्वाध्याय सामग्रीसमेत पाइने गरेको छ ।

श्रेष्ठले मुख्यता विद्यालय तहका बालबालिकालाई पढाउनका लागि इ–पुस्तकालयको प्रयोग बढी भएको बताउनुहुन्छ । विद्यालयमा मात्र नभएर कलेजमा पनि यसको माग बढेको फाउण्डेसनका महासचिव श्रेष्ठ बताउनुहुन्छ ।

फाउण्डेसनमा हाल करिब १० हजार पुस्तक छन् । २२ जिल्लामा १५० सामुदायिक पुस्तकालयमा स्थापान गरेकामध्ये बागलुङको विद्यामन्दिर सामुदायिक पुस्तकालय र उदयपुरको संगम सामुदायिक पुस्तकालय उत्कृष्ट मानिन्छ ।

ती पुस्तकालयमा सफलता कथा, शिक्षकलाई आवश्यक पर्ने कुरा, श्रव्यदृश्य पुस्तक राखिएका छन् ।

विद्युतीय पुस्तकालयको थालनी

नेपालमा विसं २०६६ मा शुरु भएको मानिन्छ । फाउण्डेसनको सहयोगमा नेपाल शिक्षा ई–पाटीले यसको शुरुवात गरेका हो । अहिले यी दुई संस्थाले छट्टछुट्टै रुपमा विद्युतीय पुस्तकालय बनाउने गरेका छन् । कसैले पुस्तकालय बनाउन आवश्यक भयो भने यी दुई संस्थाले नै पुस्तकालय स्थापना गर्ने गरेका छन् ।

उनीहरुले बनाएको विद्युतीय पुस्तकालय पेन ड्राइभमा आफूले चाहेको पुस्तक लगेर घरमा पनि पढ्न सकिन्छ । जसले गर्दा पुस्तकालयमा बसेर पढ्नुपर्ने बाध्यता हट्ने देखिन्छ ।

कम खर्चिलो

सामान्य पुस्तकालयमा नै विद्युतीय पुस्तकालय स्थापना गरिएको हुन्छ । एउटा पुस्तकालय सञ्चालन गर्नका लागि कम्तीमा पाँच लाख चाहिन्छ । पाँचवटा कम्प्युटरमा सफ्टवेयर जडान गरे विद्युतीय पुस्तकालय बनाउन सकिन्छ । कम्प्युटरमा सफ्टवेयर हाले पनि विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याउन सकिन्छ ।

यही सामान्य पुस्तकालयमा भने रु ४१ हजार पर्ने एउटा डिभाइसमार्फत पुस्तकालय सञ्चालन गर्न सकिन्छ । डिभाइसमा विद्युतीय पुस्तकालयमा आवश्यक पुस्तकलाई डिजाटाइज गरिएको हुन्छ । र पुस्तकालयमा रहेका कम्प्युटर, मोबाइलबाट पुस्तक पढ्न सकिन्छ ।

यस्तै ई पाटीले विद्युतीय पुस्तकालयमा पुस्तक पढ्नका लागि सजिलो होस् भनेर ‘माबाइल एप’ पनि ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा निषेधाज्ञामा यी क्षेत्र सञ्चालनमा प्रतिबन्ध
आरजु हार्दा धेरैको सपना चट् ?
आरजु हार्दा धेरैको सपना चट् ?
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
६६  क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
६६ क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु
नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु