अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
५९ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

सारांश

  • अहमदाबाद।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका  छन्।
  • राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ।

अहमदाबाद। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका  छन्।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ। ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन्। राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए।
 
मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्। यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ।

भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन्।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका छन्। त्यसपछि उनीहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा
फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा
कमरेडहरुमा किन देखियो बक्सियोस् मोह ?
कमरेडहरुमा किन देखियो बक्सियोस् मोह ?
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन
सावधान : वनको च्याउमा विष हुन सक्छ
सावधान : वनको च्याउमा विष हुन सक्छ
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
खाने तेलको मूल्य घट्न थाल्यो, एक सातामा प्रतिलिटर ८० रुपैयाँसम्म घट्यो
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला
संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो
संशोधनमा दुईतिहाई नपुगेपछि सरकारले संसद बैठक स्थगित गरायो