मोदीले इमरानलाई चिट्ठी पठाएर भेट्न बोलाए !
सारांश
- काठमाडाै, ४ भदाै ।
- पाकिस्तानमा इमरान खानको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
- प्रधानमन्त्री इमरान खानपछि उनको मन्त्रीमण्डलका मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडाै, ४ भदाै । पाकिस्तानमा इमरान खानको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री इमरान खानपछि उनको मन्त्रीमण्डलका मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । इमरान खानको नयाँ सरकार बनेसँगै भारत र पाकिस्तानको राजनीतिक सम्बन्ध कस्तो रहने भन्ने कुरामा विभिन्न खालका टिका टिप्पणीहरु पनि भइरहेका छन् ।
यसैबिचमा पाकिस्तानको विदेश मन्त्रीको जिम्मेबारी पाएलगत्तै शाह महमूद कुरैशीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा बोलेको कुराले दुवै देशमा तरंग ल्याएको छ । उनले विदेश मन्त्रीको शपथ खाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भेट्न चाहेको सन्देश पठाएको दाबी गरेका छन् ।
विदेश मन्त्री कुरैशीले मोदीले आफ्नो देशका प्रधानमन्त्रीलाई चिट्ठी पठाएर भेटघाट गर्न चाहेको भन्दै निम्ता पठाएको दाबी गरेका हुन् ।इस्लामाबादमा शपथ ग्रहण लगत्तै कुरैशीले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले कश्मीरको विषय र पाकिस्तानसँग परमाणु ताकत रहेको विषयमा पनि बोलेका थिए ।
सञ्चार माध्यमहरुमा मोदीले इमरान खानलाई चिट्ठी लेखेर प्रधानमन्त्री बनेकोमा बधाई दिएको खबर आएको थियो ।
प्रतिक्रिया