पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

सारांश

  • काठमाडौँ ।
  • नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ ।
  • निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ ।

काठमाडौँ । नेपाल आयल निगमले शनिबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु तीन घटाएको छ ।

निगम सञ्चालक समितिको आजको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ र एक सय ५७ कायम गरिएको छ ।  
 
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।   
 
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेलको खरिद मूल्यमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ सात पैसा र तीन रुपैयाँ १६ पैसाले घटेर आएपछि नेपाली बजारमा मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
‘जात्रा’ मल्टिप्लेक्स सबैतिर हाउसफूल…
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा

तपाईंले छुटाउनुभयो कि?