चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२० पटक हेरिएको
Shares
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण

सारांश

  • काठमाडौं।
  • सरकार गठन भएको एक बर्षमा पर्यटन क्षेत्रमा निकै उपलब्धी हासिल भएको छ।
  • कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले यो अबधि निकै फड्को मारेको छ।

काठमाडौं। सरकार गठन भएको एक बर्षमा पर्यटन क्षेत्रमा निकै उपलब्धी हासिल भएको छ। कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले यो अबधि निकै फड्को मारेको छ। कारोना महामारीले दुईबर्ष थला परेको नेपालको पर्यटन क्षेत्रले यो एकबर्षको अवधिमा निकै उपलब्धी हासिल गरेको छ। सरकारले आर्थिक विकासको प्रवल सम्भावना रहेको पर्यटन क्षेत्रको विकासलाई बिषेश जोडदिए सँगै यो क्षेत्रले फड्को मार्न थालेको हो।

खास गरि यो अबधिमा पर्यटन पूर्वाधारको विकासले गति लिएको छ।यो बिचमा राष्ट्रिय गौरवका आयोजना मध्येका दुई वटा अन्तराष्ट्रिय विमान स्थल संचालनमा आएका छन्। त्रिभुवन अन्तराष्टिय विमान स्थलले पनि आफ्नो क्षमता विस्तार गरेको छ।

यसै गरि यो अबधि विभिन्न अन्तराष्ट्रिय चेन होटलहरु समेत संञ्चालनमा आएका छन्। सरकारले वि.स २०३५ सालको पर्यटन ऐनमा समेत समसामयीक संशोधनको तयारी गरेको छ। यो अबधिमा पर्यटक आगमनमा समेत बृद्धि भएको छ। सन् २०२३ को डिसेम्वरको मध्यसम्ममा करीव १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सरकारले पर्यटन क्षेत्रको विकासको निम्ती पूर्वाधार विकासमा जोड दिएको भएपनि त्यसलाई कार्यन्वयनमा ल्याउन केही नीतिगत तहमा काम गर्न आवश्यक रहेको यस क्षेत्रका विज्ञहरुको सुझाव छ।

यस्तै पर्यटन क्षेत्रको विकासलाई सरकारले चालु आर्थिक बर्षको बजेटमै बिशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि २ अर्व १३ करोड रुपैया बजेट विनियोजन गरेको छ।

साथै सरकारले सन् २०२३ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रुपमा मनाउने घोषण गदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारात्मक कार्यक्रमहरु गदै आएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Free Temp Mail

    I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?