कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !

सारांश

  • हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा अभिनेत्रीहरुमाथि गरिएको यौन शोषणको विषय यस वर्षको ‘कान्स फिल्म फेस्टीभल’ मा चर्चाको विषय बनिरह्यो ।
  • इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्स फिल्म फेस्टिभलको क्लोजिङ्ग स्पीचका क्रममा आफूमाथि भएको यौन शोषणको बारेमा बताएकी छिन ।
  • सन १९९७ मा कान्स फिल्म फेस्टिभलमा हार्वेले आफूमाथि बलात्कार गरेको अर्जेन्टोले बताएकी छिन ।

हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा अभिनेत्रीहरुमाथि गरिएको यौन शोषणको विषय यस वर्षको ‘कान्स फिल्म फेस्टीभल’ मा चर्चाको विषय बनिरह्यो ।

इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्स फिल्म फेस्टिभलको क्लोजिङ्ग स्पीचका क्रममा आफूमाथि भएको यौन शोषणको बारेमा बताएकी छिन । सन १९९७ मा कान्स फिल्म फेस्टिभलमा हार्वेले आफूमाथि बलात्कार गरेको अर्जेन्टोले बताएकी छिन । हार्वेलाई करिव ५० जना महिलाहरुले यौन शोषणको आरोप लगाएका छन ।

अभिनेत्री अर्जेन्टोलाई यस वर्षको कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त भएको छ । कान्स फिल्म फेस्टिभलको क्लोजिङ सेरोमनी स्पीचमा अर्जेन्टोले भनिन, ‘सन् १९९७ मा यही कान्स फेस्टिभलमा हार्वेले मेरो बलात्कार गरेका थिए । त्यतिबेला म २१ वर्षकी थिएँ । यो फेस्टीभलमा उसले यौन शोषणको अखडा बनाएको थियो ।’

उनले अगाडि भनेकी छिन, ‘म अनुमान गर्दछु कि हार्वेलाई अब यस समारोहमा कहिले पनि स्वागत गरिने छैन । उसले अहिले अपमानित जिन्दगी जिउँदैछ । कुनै समय उसको अपराधलाई ढाकछोप गर्ने फिल्म उद्योगले अहिले भने उसलाई फिल्म उद्योगबाट निकालीदिएको छ ।’

आसियाले भनेकी छिन, ‘ आज राति पनि तपाईँहरु बीच कयौं यस्ता व्यक्ति बसेका छन्, जसले महिलाहरुमाथि आफूले गरेका अपराधका बारेमा यस फिल्म उद्योगलाई जवाफ दिनेछ । तपाईँलाई थाहा छ तपार्इँ को हो तर सबै भन्दा महत्वपूर्ण कुरा यो हो कि हामीलाई थाहा भइसक्यो तपाईँ को हो भनेर । अब अगामी दिनमा यस किसिमका अपराध गर्नका लागि अनुमती कदापी दिनेछैनौं । ’

इटालियन अभिनेत्री आसिया अर्जेन्टोले कान्समा बोलेको कुरालाई उनको ट्वीटर ह्याण्डल मार्फत पनि सेयर गरेकी छिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?