कोशीलाई हराउदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कोशीलाई हराउदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

सारांश

  • काठमाडौं।
  • विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनलमा पुगेको छ।
  • एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

काठमाडौं। विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनलमा पुगेको छ। एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्ने छ। दोस्रो क्वालिफायर सोमबार हुने छ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?