पेट्रोलियम पदार्थको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
२३ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ ।
  • इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर  एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर  एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ । साथै काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६६, डिजल र मट्टितेल रु एक सय ५६ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?