हमाससँगको युद्धमा २२५ इजरायली सैनिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०८०
|
|
२० पटक हेरिएको
Shares
हमाससँगको युद्धमा २२५ इजरायली सैनिकको मृत्यु

सारांश

  • तेलअहिव।
  • इजरायल र हमास बीचको लडाइ अझै जारी छ।
  • जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ।

तेलअहिव। इजरायल र हमास बीचको लडाइ अझै जारी छ। जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखि यता भएका युद्धमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ।

साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ।

टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो।

उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ। शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो। दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो। तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन।

हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समूह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?