नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान

सारांश

  • नेपालगञ्ज , ३० कात्तिक।
  •    नेपालगञ्जको पुष्पलाल चोकमा बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई प्रहरीले सार्वजनिक गरेको छ।
  • भारतको सिमलास्थित रुरुमा काम गर्ने ओली ‘चर्चित’ बन्ने नाममा काम छोडेर ‘हामी नेपाली हाम्रो नेपाल’ नामक संगठनको अध्यक्ष भन्दै हिँडेका थिए।

नेपालगञ्ज , ३० कात्तिक।   नेपालगञ्जको पुष्पलाल चोकमा बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई प्रहरीले सार्वजनिक गरेको छ। भारतको सिमलास्थित रुरुमा काम गर्ने ओली ‘चर्चित’ बन्ने नाममा काम छोडेर ‘हामी नेपाली हाम्रो नेपाल’ नामक संगठनको अध्यक्ष भन्दै हिँडेका थिए। त्यही काम गर्दा ओलीले विष्फोटक पदार्थ राखेर सामान्य बम बनाउन सिकेका थिए। नेपाल आएर उनी कमाण्डो गु्रपको प्रमुख भन्दै हिँड्ने गरेका थिए।

बुधबार मात्रै नेपालगञ्ज आइपुगेका ओलीले नेपालगञ्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राखेका थिए। जसलाई दिनभरि लगाएर नेपाली सेनाले निश्क्रिय पारेको थियो।

‘नेपाल र भारतको सीमामा बम राखेर दुवै देशमा आतंक सिर्जना गर्ने उसको उद्देश्य थियो,’ बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले पत्रकार सम्मेलनमा भने, ‘नाकामा प्रहरी धेरै देखेपछि पक्राउ पर्ने डरले उसले पुष्पलालचोकमा बम राखेको थियो।’

बम राखेपछि ओली ‘सिसी क्यामेरा’मा आफू देखिएकाले बाहिर जाँदा पक्राउ पर्ने डरले घटनास्थल आसपासमै बसेका थिए। प्रहरीले सिसी क्यामेरामा देखिएको हुलियालाई पछ्याउँदै जाँदा बिहीबार नै ओलीलाई पक्राउ गरेको थियो। ओलीका साथबाट प्रहरीले ४१ हजार ५ सय १० रुपैयाँ नेपाली, तीन सय भारतीय रुपैयाँ, विभिन्न नम्बरका सिमकार्ड, हामी नेपाली हाम्रो नेपाल लेखेका २६ र कमाण्डो गु्रप लेखेका २१ थान ब्यानर तथा डेटोनेटर किप ७ थान बरामद गरेको छ।

जाजरकोटको नालगाड–४ निवासी ओलीको अरु कुनै संगठनहरुसँग आवद्धता नदेखिएको एसपी पौडेलले बताए। ‘नेपालमा विकृति विसंगति बढेकाले त्यसको अन्त्य गर्न बम राखेको बयान दिएको छ,’ एसपी पौडेलले भने, ‘यसको संगठनमा अरु मान्छेको संलग्नता पनि देखिँदैन।’ प्लस–२ पास गरेका २७ वर्षीय ओली पाँच वर्षअघि विवाह गरेको र ५ महिनामै श्रीमतीले छोडेर हिँडेपछि बिरक्तिएर भारतमा काम गर्न गएका थिए।

बाँके प्रहरीले उनलाई विष्फोटक पदार्थअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ। त्यसमा दश वर्ष कैद र एक लाखसम्म जरीवानाको व्यवस्था रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ महत्वपूर्ण विधेयकमा छलफल हुँदै !
१८ महत्वपूर्ण विधेयकमा छलफल हुँदै !
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
संचारकर्मी तथा गायक किशन रेग्मीको ूकुम जोडी नाचौंलाू गीतको भिडियो छायांकन सम्पन्न
संचारकर्मी तथा गायक किशन रेग्मीको ूकुम जोडी नाचौंलाू गीतको भिडियो छायांकन सम्पन्न
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
एसिड र अन्य अग्निजन्य पीडितलाई फरक व्यवहार, कानुन बनाउन माग
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
दिपक मनाङे किन मन्त्री बने ?
दिपक मनाङे किन मन्त्री बने ?

तपाईंले छुटाउनुभयो कि?