गलकोट नपामा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गलकोट नपामा अपांगमैत्री  सार्वजनिक शौचालय निर्माण

सारांश

  • गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
  • जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ ।
  • गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको रु नौ लाख बजेटमा शौचालय बनेको हो ।

गलकोट नगरपालिका–३ हटिया बजारमा अपाङ्गतामैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । जीपपार्क चोक नजीकै निर्मित शौचालय चारकोठे छ । गलकोट नगरपालिकाको रु सात लाख र गण्डकी प्रदेश सरकारको रु नौ लाख बजेटमा शौचालय बनेको हो ।

शौचालयमा ‘ह्विलचेयर’ लैजान मिल्ने ‘¥याम’, चौडा ढोका, फराकिलो शौचालय, समाउने ठाउँलगायत अपाङ्गतामैत्री संरचना बनाइएको छ । अपाङ्गता भएका व्यक्तिबाहेक अन्य पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै शौचालय कोठा छ ।

अपाङ्गता भएका व्यक्तिका लागि पहिलोपटक पहुँचयोग्य सार्वजनिक शौचालय बनाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । “भएको शौचालय पनि जीर्ण थियो, अपाङ्गतामैत्री थिएन”, उहाँले भन्नुभयो, “अब सबैका लागि सहज भएको छ ।”

हटिया क्षेत्रमा बढ्दो बजारीकरणसँगै सार्वजनिक शौचालयको अभाव खट्किरहेको थियो । नगरभित्र आवश्यक पर्ने अन्य स्थानमा पनि सार्वजनिक शौचालय निर्माणको योजना छ । पछिल्लो समय भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउने क्रम बढ्दो छ । विद्यालय, अस्पतालजस्ता क्षेत्रमा पनि अपाङ्गता भएको व्यक्तिको सहज पहुँच पुग्ने गरी संरचना बनाउनुपर्ने सरकारी नीति नै छ । भौतिकमात्र नभएर अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिको सहज पहुँचको सुनिश्चितता हुनुपर्ने माग उठ्ने गरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?