दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी

सारांश

  • काठमाडौं।
  •   बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्ने भएकी छिन्।
  • उनी प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी हुन्।

काठमाडौं।  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्ने भएकी छिन्। उनी प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी हुन्।

उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन्।

अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन्।

उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन्। हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्वीर राख्दै जन्मदिनको शुभकामना दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?