गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
२४ पटक हेरिएको
Shares
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

सारांश

  • पोखरा।
  • गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
  • प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन्।

पोखरा। गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन्। प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन्।

नेकपा माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गरेर उनले कांग्रेस दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । जेठ २८ मा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनी त्यसको भोलिपल्ट मन्त्रीमा नियुक्त भएका थिए।

माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट २०७९ को चुनाव जितेका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको भन्दै अर्को दलको ह्वीप नलाग्ने तर्क गर्दै आएका थिए ।

संविधानको धारा १८० मा प्रदेशसभा सदस्यको पद रिक्त हुनेसम्बन्धी व्यवस्थाबमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेशसभा नियमावली २०८० को नियम २०७ अनुसार प्रदेशसभामा जानकारी गराएका हुन् ।

यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई दिएर त्यसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी व्यवस्था छ ।

सभामुखले सूचना सुनाएसँगै देवकोटाको मन्त्री पद पनि जाने निश्चित छ । तर मुख्यमन्त्रीले चाहेमा उनी ६ महिनाका लागि मन्त्रीमा रहन सक्छन् ।

उनलाई अब न्याय खोज्न सार्वेच्च अलालतको बाटो खुलेको छ । उनले माओवादीको ह्वीप नटेरी फ्लोरक्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएपछि थिए ।

उनको मतसँगै मुख्यमन्त्री पाण्डेका पक्षमा बहुमत अर्थात ३१ मत जुटेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका थिए । तर देवकोटाको पद गएपछि मुख्यमन्त्री पाण्डे पनि अल्पमतमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?