राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

सारांश

  • कठमाडौं।
  • नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।
  • राष्ट्रसंघका प्रमुख छ अंग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए।

कठमाडौं। नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया-प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।

राष्ट्रसंघका प्रमुख छ अंग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए। शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका कारण उक्त पदमा मुलुक निर्वाचित भएको उनले बताए।

चवन्न सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया-प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ।

परिषदमा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन्। पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ। परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ। केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ।

यसैबीच, राजदूत थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषद्को कार्यादेशअनुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अघिल्लो वर्षको जुनमा एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४-२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो। सामाजिक-आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसंघको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?