कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कित्ता स्पष्ट नगरे कांग्रेस प्रजा परिषदको हैसियतमा पुग्छ: कमल थापा

सारांश

  • हेटौंडा,  २५ जेठ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताएका छन ।
  • फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने बताए ।

हेटौंडा,  २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताएका छन ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने बताए ।

नेपालको विकास गर्न धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन भन्ने वैचारिक कित्तामा राप्रपा अडिग भएको र धर्म संस्कृतिलाई नष्ट गर्नु पर्छ भन्ने वैचारिक कित्तामा नेपाल कम्युनिष्ट पार्टी भएकोले यही वैचारिक कित्ताबीच अब संर्घष हुने थापाले बताए ।

अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने औंल्याए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश नं. ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो भनेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गर्नुभयो । अब निराशाको चरण समाप्त भइसकेको भन्दै अध्यक्ष थापाले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशन दिएका थिए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले युवा पुस्ताको साथ सहयोग र समर्थन लिएर राष्ट्रियता, हिन्दुत्व, प्रजातन्त्र र आर्थिक समृद्धिको एजेन्डा लिएर राप्रपा आन्दोलनमा जाने स्पष्ट पारे । उपाध्यक्ष तामाङले आफु बुद्धिष्ट भएपनि देशको पहिचानको रक्षाको निमित्त हिन्दु राष्ट्रको पक्षमा रहेको बताए।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद रिता माझी, राप्रयुसंका अध्यक्ष प्रकाश रिमाल, युवा नेताहरु मधु अधिकारी, निरन्जन थापा, बिनोद भारती, शुक्र प्रजालगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?