कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०८१
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ।
  • कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ। कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुंगालगायत अन्य भू-भाग, मधेुस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
माेदीकाे गृह प्रदेश का ठग पाेखरामा पक्राउ
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
Casino Bonus ohne Einzahlung 2023: Neu No Deposit Bon