माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
२३ पटक हेरिएको
Shares
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर

सारांश

  • काठमाडौं।
  • माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ।
  • लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतको दाबी छ।

काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने भएको छ। लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको सो पार्टीनिकट उच्च स्रोतको दाबी छ। दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेको जनाइएको छ।

अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन्। पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताइएको छ। पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले त पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन्।

आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए। पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ। करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको पार्टी विभाजनको लागि सक्रिय भूमिका खेलिरहेका ती सांसदले जानकारी दिए।

उनले भने, ”हामी लगभग अन्तिम तयारीमा छौं। आधाभन्दा बढि सांसद एक ठाउँमा उभिएका छौं। १५० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसक्नुभएको छ। अब विभाजनलाई औपचारिकता दिनमात्रै बाँकी छ । एक दुई दिनभित्रै ऋषिजीले समाचार थाहा पाउनुहुन्छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?