सलमान खानका १० प्रेमिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सलमान खानका १० प्रेमिका

सारांश

  • बलिउड अभिनेता सलमान खान ५० कटिसकेका छन् ।
  • उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन्।
  • सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्।

बलिउड अभिनेता सलमान खान ५० कटिसकेका छन् । उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन्। सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्। अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ। तर उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन्। संगीता बिजलानीबाट सुरु भएको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने छुट्टिने क्रम जारी नै छ।

संगीता बिजलानीलाई सलमान खानकी पहिलो प्रेमिका भनिन्छ। यो सम्बन्ध त्यो समयको हो जतिबेला सलमानभन्दा संगीता लोकप्रिय थिइन्। संगीता मोडल थिइन् भने सलमान आफ्नो करियर बनाउने कोसिस गरिरहेका थिए। दुवैले केही विज्ञापनमा सँगै काम गरेका थिए। त्यतिबेलैको दोस्ती प्रेममा बदलिएको थियो। विस्तारै सलमान स्टार बने संगीताले विवाह गर्न चाहिन् तर सलमान तयार भएनन्। र, उनीहरूको ब्रेकअप भयो। ब्रेकअपपछि उनीहरू साथी बने। संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दिनसँग विवाह गरिन्।

कराँचीमा जन्मेर फ्लोरिडामा बढेकी सोमी अली सलमानकी फ्यान थिइन्। १६ वर्षको उमेरमा उनी सलमानलाई भेट्न मुम्बई आइन्। केही मोडलिङ गरेपछि उनी फिल्ममा प्रवेश गरिन्। त्यसपछि सलमानसम्म पहुँच बनाइन्। विस्तारै दुवै एकअर्कासँग नजिक भए र प्रेममा परे। सोमी सलमानलाई धेरै मन पराउँथिन्। आठ वर्षसम्म दुवै डेटिङमा रहे। सोमी सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान विवाहको मुडमा थिएनन्। सलमानको मदिरा पिउने बानी र खराब व्यवहारका कारण उनी फ्लोरिडा फर्किन्।

सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्या लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे। यसको छायांकनको क्रममा सलमान र ऐश्वर्या एकअर्कासँग नजिक भए। ऐश्वर्यालाई भेट्ने बित्तिकै सलमानको व्यवहार फेरियो। उनी ऐश्वर्यामाथि अधिकार जमाउन थागे। रोकटोक गर्न लागे। ऐश्वर्या जुन हिरोसँग काम गर्थिन् सलमान शंकालु नजरले हेर्थे। सलमानको खराब व्यवहारका कारण ऐश्वर्याले सलमानसँग सम्बन्ध तोडिन्।

‘बुम’ फिल्मबाट निराशाजनक सुरुआत गरेपछि कैटरिना केफ सलमानको सम्पर्कमा आइन्। सलमानसँग उनले ‘मैंने प्यार क्युं किया’ फिल्म गरिन्। त्यसपछि सफलताको सिँढी चढ्दै गइन्। उनी सलमानसँग निकै नजिक रहिन्। सलमान र कैटरिनाको विवाहको मिति पनि धेरैपटक तोकियो तर हुन सकेन। कैटरिनाले पनि सलमानसँग घर बसाउने सपना देखिन् तर सलमानले यसबारेमा निर्णय लिएनन्। जवाफ नपाएपछि उनी सलमानबाट टाढा भइन्।

रोमानियाकी युलिया वन्तुर सलमानसँग नजिकिइन् तर उनीसँग विवाह गर्न सलमान तयार भएका छैनन्। यसका साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।

(brandxhuaraches)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
समयमै अस्पताल लान नसक्दा मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
मकैको खोस्टाबाट टोपी र झोला
मकैको खोस्टाबाट टोपी र झोला
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
तनहुँको आफै घण्ट हल्लिने अनौठो मन्दिर
पुर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ
पुर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

तपाईंले छुटाउनुभयो कि?