श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने

सारांश

  • काठमाडौं।
  • निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ।
  • एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौं-पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो।

काठमाडौं। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ।

एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौं-पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए।

“पोखरा-काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौं, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौं।”

आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन्। खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ १० विमान र आठ रोटर (हेलिकप्टर) छन्।

कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास-८-क्यू-४०० विमान छन्। आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ।

कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली खतरा मुक्त
प्रधानमन्त्री ओली खतरा मुक्त
उपेन्द्र यावद जीततर्फ, सप्तरी क्षेत्र नम्बर १ मा पनि फोरमकै अग्रता
उपेन्द्र यावद जीततर्फ, सप्तरी क्षेत्र नम्बर १ मा पनि फोरमकै अग्रता
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
देउवा सरकारका सबै निर्णय खारेज गर्दा हुन्छः नेता रिजाल