रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २, २०८१
|
|
३० पटक हेरिएको
Shares
रवि र धनराजसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका युवराज सफलले फेरि रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन्।
  • प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उनले आज उजुरी दिएका हुन्।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका युवराज सफलले फेरि रविसहित ७ जनाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका छन्।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासहित सातजना विरुद्ध गृह मन्त्रालयमा उनले आज उजुरी दिएका हुन्। सफलले उपसभामुख रानासँगै सांसदहरू रवि लामिछाने, डीपी अर्याल, धनराज गुरुङ, शक्ति बस्नेत, योगेश भट्टराई र ऋषिकेश पोखरेलविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएका हुन्।

उजुरी दिएकामध्ये लामिछाने रास्वपाका सभापति, अर्याय उपसभापति हुन भने धनराज नेपाली कांग्रेसका उपसभापति हुन् । त्यस्तै बस्नेत माओवादी केन्द्रका उपमहासचिव हुन्। भट्टराई र पोखरेल एमालेका सांसद हुन्।

उनले उजुरीमा उपसभामुख रानामाथि मानव तस्करी तथा बेचबिखनको आरोप लगाएका छन्। उनले रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, राहदानी दुरुपयोग तथा ठगीसम्बन्धी मुद्दामा छानबिन गरेर कारबाही गरिनुनर्पे उजुरीमा उल्लेख गरेका छन्।

यस्तै कांग्रेस उपसभापति गुरुङमाथि उनले रातो पासपोर्ट बिक्री तथा सहकारी ठगी, एमाले सचिव भट्टराईविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाको छानबिन गर्नुपर्ने सफलको उजुरीमा उल्लेख छ।

उनले एमाले सांसद बस्नेत, रास्वपा उपसभापति अर्याल र सार्वजनिक लेखा समिति सभापति पोखरेलले सहकारी ठगी गरेको दाबी उजुरीमा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?