प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
३१ पटक हेरिएको
Shares
प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित

सारांश

  • काठमाडौं।
  • प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्।
  • लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो।

काठमाडौं। प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएको हो।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि माउन्टेन फ्लाइटहरु रद्द भएका छन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्।

उडानहरू सुचारु नहुँदा विमानस्थलमा यात्रुहरूको भिड बढेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिनभर झरी पर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?