एक लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १५, २०८१
|
|
६१ पटक हेरिएको
Shares
एक लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

सारांश

  • काठमाडौं।
  • साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक लाख धरौटी बुझाएर रिहा भएका छन्।
  • प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो।

काठमाडौं। साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक लाख धरौटी बुझाएर रिहा भएका छन्। प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी ती दुईवटा कसुरमा ५०-५० हजार रूपैयाँ धरौटी माग गरेसँगै उक्त रकम बुझाएर उनी रिहा भएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा  जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो। प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ।

मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। प्रसाईं यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ परेका थिए।

प्रसाईं रिहा हुने भएपछि उनका समर्थक अदालत परिसरमा जम्मा भएका थिए । उनीहरुले प्रसाईंकाे रिहाइकाे स्वागत गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी
भक्तपुरको पछिल्लो मतगणना अपडेट : महेश बस्नेत दमननाथ भन्दा दोब्बर मतले अगाडी
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी
फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी
आज राति मृगशिरा उल्कावर्षा हुने
आज राति मृगशिरा उल्कावर्षा हुने
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
सिडियोहरूलाई गृहमन्त्रीको निर्देशन : शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढङ्गले काम गर्नु
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट , नागरिकता अब विस्थापित हुने !
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !