फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०८०
|
|
२० पटक हेरिएको
Shares
फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी

सारांश

  • काठमाडौं।
  • लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ।
  • हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो।

काठमाडौं। लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब ‘निलो कार्ड’ पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो।

टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने बताइएको छ। रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ।

रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागू गर्ने दाबि गरिएको छ।

‘निलो कार्ड’ कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको बताइएको छ।

तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ।

फुटबलमा ‘ब्लू कार्ड’ को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरुमा भने प्रयोगमा रहेको छ।

प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन्।

रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ। सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले रयोग गर्ने गरेका छन्। पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको बताएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    khaleejuae

    Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुनकाण्ड: ​यसरी खटाउनेलाई तानेको खै !
३३ किलो सुनकाण्ड: ​यसरी खटाउनेलाई तानेको खै !
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
प्रधानमन्त्री ओलीले भने, ‘हिंसा र अपराध चल्दैन’
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
विश्वकप फुटबल २०१८: को पुग्ला फाइनलमा ? यस्तो छ विगत
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता
पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या !
रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या !
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या

तपाईंले छुटाउनुभयो कि?