सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स २०२४

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स २०२४

सारांश

  • काठमाडौं।
  • मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन्।
  • लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन्।

काठमाडौं। मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन्। लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन्। अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भागलिने भएकी छिन्।

मिसेस युनिभर्समा आधा दशकदेखि नेपालले सहभागिता जनाउँदै आएको छ। यसपटक आफूले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताएकी छिन्। मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो।

४७ वर्षबाट यो प्रतियोगिता हुँदै आएको छ। १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्दैछिन्।

अन्तर्राष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिब समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त छिन्।

यो प्रतियोगितामा भाग लिन सन्तोषी दुई दिनपछि दक्षिण कोरिया उड्दैछिन्। लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन्।

लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी सन्तोषी ८ वर्षको छोराको आमा पनि हुन्, ‘पारिवारिक जिम्मेवारी निर्वाह गरेर पनि बाहिर गएर केही गर्न सकिन्छ भनेर मैले यो प्रतियोगितामा भाग लिएको हुँ।’ सन्तोषीले भनिन्,‘नेपालको बारेमा सो अन्तराष्ट्रिय मञ्चमा धेरै भन्दा धेरै जानकारी गराउने छु।’

बिगत डेढ दशकदेखि बेलायतमा बस्दै आएकी सन्तोषी सोलुखुम्बुकी हुन्। काठमाडौं आएर १२ कक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा , सन २०८ को मिस टिन २००७ मा भाग लिएकी उनले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शिर्ष उपाधि जितेकी थिइन्।

त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताएकी छिन्। यसरी कलेजदेखि नै आफु सौन्दर्य प्रतियोगितासँग जोडिएको सन्तोषीले बताएकी छिन्।

‘सन्तोषीले मिसेस युनिभर्सको लागि आबस्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पूरा गर्नु भएको छ। ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगितामा भागलिन नेपालबाट सन्तोषी जाँदै हुनुहुन्छ।’

मिसेस नेपाल युनिभर्सकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले बताइन्। यस्तै अफिसियल मेकअप आर्टिष्टको रुपमा रहेकी इन्दिरा महर्जनले उनलाई व्युटी सम्बन्धि ग्रुमिङ गरेकी छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?