कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल

सारांश

  • राष्ट्रिय योजना आयोगका सदस्य डा.
  • रामकुमार फुयालले आयोगले दिर्घकालीन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउनुपर्ने बताएका छन् ।
  • हाम्रा अग्रजहरुले अघि सारेका राम्रा उत्पादनशील र भविष्यमा त्यसबाट देशलाई रुपान्तरण गर्न सक्ने संभावना भएका विषय फिल्टर गरेर कार्यान्वयन गर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आयोगले दिर्घकालीन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउनुपर्ने बताएका छन् ।

हाम्रा अग्रजहरुले अघि सारेका राम्रा उत्पादनशील र भविष्यमा त्यसबाट देशलाई रुपान्तरण गर्न सक्ने संभावना भएका विषय फिल्टर गरेर कार्यान्वयन गर्ने बताए ।

सदस्य फुयालले आयोगले नयाँ कामको सुरुवात गरेको बताउँदै “अबको पाँच वर्षमा हामी कहाँ पुग्ने, १० वर्षमा के उपलव्धी हासिल गर्ने र २० वर्षमा हाम्रो भिजन के हुने र अनन्तकालमा हामी कहाँसम्म पुग्ने भन्ने दृष्टान्त हेरेका छौं ।”

अहिलेको संवेदनशील, चुनौतिपुर्ण र धेरै अवसर भएको घडिमा भिजन डकुमेन्टको तयारीमा जुटेको बताउँदै १५ औं आवधिक योजना तयार गर्न १४ औं योजनाको समिक्षात्मक काममा व्यवस्त रहेको बताए ।

उनले भने, “अबको योजना भनेको पूर्ण योजना हुनेछ । कसैको भावनामा डुबेर कसैको खल्तिको चिटबाट योजना बनाउने दिन गए ।” अबका योजना अत्यन्तै गम्भीर भएर फिजिविलिटी स्टडी गरेर इआइए गरेर देशको संभाव्यवता लागत लाभको पुर्ण अध्ययन गरेको रिर्पाेट र रिसर्चको अधारमा आएका योजनाका आधारमा मान्यता दिइने स्पष्ट पारे ।

देशको संभाव्यता के हुन, कुन चाहीं लागत लाभको आधारमा थोरै लगानी गरी धेरै प्रतिफल लिन सक्छौं, देशलाई आर्थिक रुपमा छिट्टै समृद्ध बनाउन सक्छौं त्यस्ता योजनाको अध्ययन भैरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?