वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२३ पटक हेरिएको
Shares
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी

सारांश

  • काठमाडाैं।
  • श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ।
  • गएराति सम्पन्न सिरिजको तेस्रो खेल ९ विकेटले जितेसँगै श्रीलंकाले सिरिज २-१ ले जितेको हो।

काठमाडाैं। श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ। गएराति सम्पन्न सिरिजको तेस्रो खेल ९ विकेटले जितेसँगै श्रीलंकाले सिरिज २-१ ले जितेको हो।

वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

श्रीलंकाको जितमा कुसल मेन्डिजले अविजित ६८ रन बनाएका थिए भने कुसल परेराले ५५ रन बनाएका थिए। त्यस्तै पाथुम निसान्काले ३९ रन बनाएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि कप्तान रोभमन पावेलले सर्बाधिक ३७ रन बनाए भने गुडाकेश मोतीले ३२ र ब्राण्डन किंगले २३ रन बनाएका थिए।

योसँगै श्रीलंकाले ३ खेलको सिरिज २-१ ले जितेको छ। सिरिजको पहिलो खेल वेस्ट इन्डिजले ५ विकेटले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ७३ रनले जितेको थियो।

अब श्रीलंका र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज हुने छ । सिरिजको पहिलो खेल आइतबार हुने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?