दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउन खोजे पनि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको असहमतिका कारण अड्किएको छ ।
  • नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजन भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई जतिसक्दो छिटो विभाजन गर्ने ओलीको चाहना छ ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउन खोजे पनि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको असहमतिका कारण अड्किएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विभाजन भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई जतिसक्दो छिटो विभाजन गर्ने ओलीको चाहना छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल नेतृत्वको एकीकृत समाजवादी विभाजन गरेर विभाजित शक्तिलाई एमालेमा मिलाउन खोजेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने पक्राउसँगै सो पार्टी पनि विभाजन हुने सम्भावना रहेको स्रोतको भनाइ छ । एकीकृत समाजवादी फुटाउनका लागि अध्यादेश ल्याउने ओलीको चाहना भए पनि त्यसको प्रभाव रास्वपामा समेत पर्ने देखिन्छ ।

कतिपय अध्यादेशका कारण प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समेत त्यसको प्रभाव पर्ने बताउँछन् । माओवादी केन्द्रका असन्तुष्ट नेताले समेत अध्यादेश आए पार्टी फुटाउने चर्चा भए पनि माओवादी केन्द्र विभाजन नहुने स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री ओलीको चाहना राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माधव नेपालको पार्टी विभाजन गराउने र विभाजित शक्तिलाई एमालेमा मिलाउने देखिन्छ । तर, त्यसको प्रभाव रास्वपादेखि माओवादी केन्द्रसहितका दलमा समेत पर्नसक्छ । ‘रास्वपाबाट फुटेर आउने शक्ति कांग्रेसमा मिल्ने तर ती मिल्ने सांसद देउवाजीलाई समर्थन नगरी गगनकुमार थापा र शेखर कोइरालालाई समर्थन गर्ने देखिएकाले देउवाजी अध्यादेश ल्याउनेमा सहमत हुनुहुन्न,’ कांग्रेसका एक नेताले भने, ‘कांग्रेसमा आउने रास्वपा सांसदले आफूलाई सहयोग पनि नगर्ने र माधवजीको पार्टी फुटाउन नचाहने देउवा अध्यादेश ल्याउने पक्षमा हुनुहुन्न ।’

यद्यपि, यसबीचमा अनेक ‘राजनीतिक फन्डा’ हुने सम्भावना रहेको देखिन्छ । आफूलाई सरकारबाट हटाउने र नयाँ गठबन्धन बनाउने खेल भइरहेको सूचना पाएका ओलीले अन्तिम समयमा अध्यादेश ल्याउने सम्भावना रहेको देखिन्छ । संसद् अन्त्य भइसकेको छ । यही समयमा अध्यादेश ल्याउने र पार्टी विभाजन गराउने ओलीको रहर देउवाकै अवरोधका कारण पूरा हुन सकिरहेको छैन ।

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीका नेताले सोही कारण सदनको बैठक माग गरेका छन् । ओलीले अध्यादेश ल्याएर दल विभाजन गराउनसक्ने चाल पाएपछि त्रसित नेताहरूले छिटोभन्दा छिटो संसद्को बैठक माग गरेका हुन् । दीपावली तथा छठ पर्वकै बीचमा सत्ता गठबन्धनमा हेरफेर हुने चर्चासमेत रहेको छ । सत्तारूढ दलकै नेता ओलीबाट असन्तुष्ट छन् ।

सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विपक्षी दलहरूको बैठकमा सहभागी भएका थिए । ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नभएका डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि ओलीबाट असन्तुष्ट छ । यद्यपि, संघीय सरकारमा सहभागी नभए पनि उनले मधेस प्रदेशमा सरकारको नेतृत्व (मुख्यमन्त्री) पाएका छन् । सरकार गठनका लागि कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि मधेस प्रदेशमा जनमत पार्टीका नेता सतीशकुमार सिंह नेतृत्वको सरकार छ ।

सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशमलाल चौधरी पनि प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट छन् । नाउपाबाट अरुणकुमार चौधरी वर्तमान सरकारमा पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । रेशमलाल चौधरीले यसअघि नै एक भिडियोमार्फत आफ्नो असन्तुष्टि पोख्दै सरकारलाई समर्थन जारी राख्न नसकिने बताइसकेका छन् । पारिवारिक झमेलामा रहेका डा. राउत पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने ’boutमा आन्तरिक छलफलमै रहेका छन् ।

अर्कोतर्फ कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सरकार सातबुँदे सहमति कार्यान्वयन गर्नेतर्फ अग्रसर नभएकाले सरकारको विकल्पका ’boutमा सोच्नुपर्ने बेला भएको भनेर दबाब बढाउँदै गइरहेका छन् । कोइरालाले सार्वजनिक रूपमै वर्तमान सरकार सातबुँदे सहमति कार्यान्वयन गर्नतर्फ अग्रसर नभएको भन्दै आलोचना गरेका छन् । उनले पनि आफूनिकट नेताहरूसँग सरकारको विकल्पका ’boutमा आन्तरिक छलफल बढाएका छन् । उनले संसदीय व्यवस्थामा संसद्का दुई ठूला दल मिलेर सरकार चलाउँदा मुलुक अधिनायकवादतर्फ जाने र देशमा स्वेच्छाचारिता मौलाउने खतरा औंल्याएका छन् ।

उता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि वर्तमान सरकार लामो समय नजाने दाबी गर्दै आएका छन् । यद्यपि, उनले आफू अहिले सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । उनले सरकारलाई कसैले ढाल्न नपर्ने बरू आफैं कुहिएर झर्ने दाबी गर्दै आएका छन् । उनले विपक्षी दलहरूको बैठक राखेर सरकारको विकल्पका ’boutमा समेत गम्भीर छलफल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने
सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली
फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास
पालेको छेपारोले मालिकको लियो ज्यान
पालेको छेपारोले मालिकको लियो ज्यान
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो
असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग
उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग

तपाईंले छुटाउनुभयो कि?