रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र

सारांश

  • काठमाडौं ।
  • जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन् ।

काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन् । बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।

वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?